२०८२ साउन १६ गते
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्सले पोखरामा ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२५’ सम्पन्न गरेको छ।
स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्तालाई नेपालमै निर्मित स्वदेशी आँखीझ्याल शैलीका विशेष अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा गत आवभित्र कम्पनीले तोकेको काम पूरा गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो।आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनी सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुख र कम्पनीका कर्मचारी सहभागी थिए।
प्रतिक्रिया