२०८३ जेठ ०६ गते
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालद्वारा उत्पादित महको एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । विभागले २०८३ असार ५ गते जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (Recall) सम्बन्धी आदेश’ अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त मह न्यूनस्तरको भेटिएको जनाएको हो ।
विभागका अनुसार डाबर ब्राण्डको ५०० ग्राम मह, ब्याच नम्बर NB00477, गुणस्तर मापदण्डअनुसार नभेटिएपछि बिक्री–वितरण रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ । उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको छ ।
यो उत्पादन डाबर नेपाल प्रालि, जितपुर सिमरा उपमहानगरपालिका–२२, बारा द्वारा उत्पादन गरिएको विभागले जनाएको छ ।खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम विभागले उक्त आदेश जारी गरेको हो ।
प्रतिक्रिया