२०८३ असार २३ गते
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन्।मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन्।
उनले अर्थ मन्त्रालयबाट उद्योग मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको पनि स्पष्ट पारिन्। उनले सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको पनि बताइन्।
मन्त्री कुमारीले भनिन्,‘हेटौँडा कपडा उद्योगका लागि ३३ लाख बजेट निकासाको लागि अर्थ मन्त्रालयमा लेखी पठाएको थिएँ, जुन निकासा भइसकेको छ र उद्योगमा गइसकेको छ। त्यहाँको मर्मत कार्य पनि अगाडि बढिसकेको छ। केही महिनामा नै त्यो उद्योग सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।’
उनले थपिन् ‘व्यापार घाटा न्यूनीकरण गर्न सरकारले योजना बनाई प्राथमिकताका साथ कार्यान्वयन गरिराखेको तथा नेपाल–अमेरिका बिचको व्यापार सम्झौता अन्तर्गत ड्युटी फ्री र कोटा फ्री सुविधाको अवधि समाप्त भइसकेकोमा थप गर्नका लागि अमेरिकी सरकारलाई अनुरोध गरिएको ब्यहोरा निवेदन गर्दछु्।’
प्रतिक्रिया