२०८२ चैत ०६ गते
काठमाडौं । उपत्यका सहित देशैभरी शुक्रबार अपरान्हदेखि चलेको हावाहुरी सहितको वर्षाले आन्तरिक तथा बाह्य उडानहर प्रभावित बनेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौं आउने–जाने हवाई मार्गमा तीव्र हावा र मेघगर्जनका कारण उडानहरू प्रभावित भएका हुन्।इण्डिगो एयरलाइन्सको अपरान्ह काठमाडौँबाट मुम्बई जाँदैै गरेको जहाज सामान्यतः प्रयोग हुने धादिङ–मनकामना मार्ग परिवर्तन गर्दै उत्तरी गोरखा क्षेत्रको सिमानाबाट मुम्बईतर्फ प्रस्थान गरेको थियो।यस्तै, दिल्लीबाट काठमाडौँ आउदै गरेको बोइङ महोत्तरी आकाश क्षेत्रमा ‘होल्डिङ’ मा राखी फन्को लगाएको फ्लाइट ट्याकरमा देखिएको थियो ।
यसैगरी आन्तरिकतर्फ ५ वटा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।बुध्द एयरको भैरहवाबाट काठमाडौं आउँदै गरेको जहाज डाइभर्ट गरिएको,बुध्दकै चन्द्रगढी र विराटनगरबाट काठमाडौँ आउँदै गरेको जहाज पनि यथास्थानमै फर्काइएको छ ।
यति एयरलाइन्सको विराटनगरबाट आउँदे गरेको जहाज विराटनगर नै फर्किएको छ । श्री एयरलाइन्सको धनगढीबाट आउँदै गरेको जहाज पनि धनगढी नै डाइभर्ट भएको छ ।
प्रतिक्रिया