२०८२ पुस ०८ गते
काठमाडौँ। मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले बढेर २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि बढ्दै नयाँ उचाइमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।
जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तुलनात्मक रूपमा स्थिर रहे पनि स्थानीय बजारमा माग–आपूर्ति सन्तुलन र चाडपर्वको तयारीका कारण सुनचाँदीको मूल्यमा वृद्धि देखिएको हो।
प्रतिक्रिया