२०८३ वैशाख ०३ गते
काठमाडौ । सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । विहीबार नेप्से ३३.८३ अंकले घटेर २ हजार ८३३.०३ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ३१ कम्पनीका सेयरमूल्य मात्रै बढेका छन् ।
अरु बाँकी २३६ कम्पनीका सेयरमूल्यमा गिरावट आउँदा तीन कम्पनीका सेयरमूल्य भने स्थिर रहे । आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा १२ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचकिृत सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको परिसूचक १.९० प्रतिशतले घटेको छ ।
आज रिज लाईन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनी सहित होटेल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्ड्रष्टीजका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी तथा भुजुङ हाइड्रोपावर कम्पनीका सेयरधनी रहेका छन् ।
प्रतिक्रिया