घटेर बन्द भयो आजको सेयर बजार,४२ कम्पनीको मूल्य बढ्दा २१२ कम्पनीको घट्यो

२०८२ माघ २६ गते

घटेर बन्द भयो आजको सेयर बजार,४२ कम्पनीको मूल्य बढ्दा २१२ कम्पनीको घट्यो

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २६।०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्य घटेको छ ।

 

Advertisement:

Ad
Ad

आज १० अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७७ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भउको छ । एसवाई प्यानलको ५४ करोड माथिको सेयर कारोबार भएको छ ।


आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९।९७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मायाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५।४० प्रतिशतका दरले गुमाएका हुन् ।