२०८२ चैत ०१ गते
काठमाडौँ । बजारमा एल.पी. ग्यास अभावको गुनासो बढेपछि गरिएको अनुगमनमा पोखराका ५ वटा ग्यास डिलरमध्ये एकमा ग्यास सिलिण्डर लुकाई कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ।पोखरा–६ स्थित भण्डारी ट्रेडर्सलाई सम्बन्धित सरोकारवालासहितको अनुगमनपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार रु। ५०,००० जरिवाना गरिएको छ।
जिल्ला प्रसाशन कार्यलय कास्कीले ग्यास उद्योग र डिलरलाई उत्पादन वितरणको दैनिक विवरण पेश गर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ।
प्रतिक्रिया