२०८२ पुस ०७ गते
काठमाडौँ । नेपाली कांग्रसका महामन्त्री गगन थापाले भदौ २४ गतेको परिस्थती मुलुककै इतिहाँसमा कालो दिन भएको बताएका छन् । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै राजनीति गर्ने क्रममा उक्त दिन आफूले भोगेको पीडा साटेका हुन् ।
थापाले भदौ २४ गते जसोतसो ज्यान जोगाएर बचन सफल भएको बताउँदै अप्ठेरोमा मौका छोप्नेहरुको कुरा गर्न भ्याए । थापाले भने,भदौ २४ पछि एक दिन मेरा परिवार र साथीहरु घर हेर्न जाँदा चोर मेरै लुगा लगाएर मेरो घरमा सुतिरहेको थियो । किन सुतेको भनेर प्रश्न गर्दा केही पाइन्छ कि भनेर आएको एक छिन निन्द्रा लाग्यो सुत्छु भनेर सुत्दा भुसुक्कै निदाएछु भन्ने जवाफ दिएको कार्यक्रममा सुनाए ।
उनले काठमाडौँमा डेरा खोजी हिँड्दा नेताहरुलाई नराख्ने भनेर कोठा नदिँदा नरमाइलो अनुभव गर्नुपरेको किस्सा समेत सुनाए ।
प्रतिक्रिया