'इभी' गाडीको भाडा नबढाउन यातायात मन्त्रालयको निर्देशन,बढाए कारबाही हुने

२०८३ वैशाख ०९ गते

'इभी' गाडीको भाडा नबढाउन यातायात मन्त्रालयको निर्देशन,बढाए कारबाही हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधन (इभी)को भाडा नबढाउन निर्देशन दिएको छ।

 

Advertisement:

Ad
Ad

विश्वभर नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन लागू भएको जानकारी गराउँदै सोही अनुसार सेवा सञ्चालन गर्न निर्देशन दिएको हो। तर, इभीको हकमा भने पुरानै भाडा दर यथावत राख्न आग्रह गरेको छ।विभागले एक सूचना जारी गर्दै इभीले भाडा बढाएर लिने गरेको पाइएमा आवश्य कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

 

‘यात्रीवाहक तथा मालवाहक सवारीसाधनले समायोजित भाडा लागू गरी सेवा सञ्चालन गर्नुपर्नेछ। यसका साथै विद्युतिय सवारीसाधनका हकमा भने हाललाई साविककै भाडादर कायम रहने उल्लेख गरिएको छ,’ सूचनामा भनिएको छ।यसका साथै, यात्रुहरूले यात्रा गर्दा तिर्नुपर्ने भाडा अनिवार्य रूपमा टिकटमार्फत लिन(दिन गर्नुपर्ने पनि विभागले स्पष्ट पारेको छ।

 

विभागले यातायात व्यवसायी तथा चालकलाई नियमअनुसार सेवा सञ्चालन गर्न आग्रह गर्दै यात्रुहरूलाई पनि कुनै गुनासो भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।