२०८३ जेठ ०७ गते
काठमाडौँ । नेकपा एमालेले भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यवादसहित फिर्ता गर्ने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।
यसअघि दानमा पार्टी कार्यालय लिन लागेको भन्दै यसअघि एमालेभित्र कतिपय नेताहरूले विरोध गरेका थिए । विरोध गरेकै कारण नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई एमालेले कारबाही नै गरेको थियो ।
प्रतिक्रिया