दुर्गा प्रसाइँले ज्ञानेन्द्र शाहलाई भने, 'खुट्टटा उचाल्नुस्,आजै हामी राजदरबारमा लैजान्छौँ'

२०८२ फागुन ०१ गते

दुर्गा प्रसाइँले ज्ञानेन्द्र शाहलाई भने, 'खुट्टटा उचाल्नुस्,आजै हामी राजदरबारमा लैजान्छौँ'

काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाइँले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा उपस्थित हुन सबै नागरिकलाई आग्रह गरेका छन् । उनले देश बचाउने यो अन्तिम मौका भएको उल्लेख गर्दै नारायणहिटीमा आजै राजालाई राजदरबारमा लगेर राख्ने बताएका छन् । 

 

Advertisement:

Ad
Ad

उनले राष्ट्र जोगाउन एक मात्र संस्था राजसंस्था भएको जिकिर गर्दै ज्ञानेन्द्र शाहलाई समय आउँछ भनेर पर्खेर बस्ने नभई खुट्टा उचालेर दरबार प्रवेश गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री सशीला कार्कीले समेत एक कार्यक्रममा राजालाई राजदरबार नै बस्न सुहाउने अभिव्यक्त दिएको उल्लेख गर्दै सबै नागरिकलाई आफ्नो पसल व्यवसाय बन्द गरेर काठमाडौँ एअरपोर्टमा पूर्व राजालाई स्वागत गर्न जम्मा हुन आह्वान गरेका छन् ।