बिचौलियाको ट्याग लागेका दिपक भट्टको घरमा प्रहरीको छापा

२०८२ मंसिर १५ गते

बिचौलियाको ट्याग लागेका दिपक भट्टको घरमा प्रहरीको छापा

काठमाडौँ । बिचौलिया तथा विवादास्पद व्यापारी दिपक भट्टको सानेपा किरण भवनस्थित निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार अपरान्ह छापा मारेको छ । 

 

Advertisement:

Ad
Ad

सो क्रममा ब्युरो टोलीले एउटा टाटा पिकअपमा राखेर टन्नै शंकास्पद कागजात नियन्त्रणमा लिएको बताइएको छ ।  दुई दिनदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभाग भट्टका आर्थिक अपराधसम्बन्धी विवरण संकलन गर्न लागिपरेका थिए ।

 

कांग्रेस,एमाले, माओवादी जुनसुकै पार्टीको सरकार हुँदा भट्टले उच्च पदस्थ अधिकारीहरुलाई प्रभावमा पारेर आफू अनुकुल नियुक्ती दिने काम गर्दै आएको आरोप लाग्ने गरेको छ ।हरेक सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पहुँच पुर्याउन सक्ने भएकाले उनलाई बिचौलियाको ट्याग लाग्दै आएको छ  ।