२०८३ भदौ ३१ गते
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकको आज बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया