विवादमा परेपछि सीडीएस एण्ड क्लियरिङकी सीईओ प्रविन पन्दाकलाई नेप्सेले गर्यो फिर्ता

२०८३ वैशाख ११ गते

विवादमा परेपछि सीडीएस एण्ड क्लियरिङकी सीईओ प्रविन पन्दाकलाई नेप्सेले गर्यो फिर्ता

काठमाडौं । अर्थमन्त्रालयको निर्देशनपछि नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०ले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससीको सीइओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।


नेप्सेले सहायक कम्पनी सीडीएससीमा प्रतिनिधि सञ्चालकको रुपमा उनलाई पठाएको थियो । नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै उनलाई सीईओको जिम्मेबारी तोकेको थियो ।

Advertisement:

Ad
Ad


सीईओमा कार्यरत छँदा सूचीकृत कम्पनीलाई २ आइजिन दिने नीति बनाउने तयारी गरेपछि विवादित भएकी थिइन् । सोही विवादका कारण अर्थ मन्त्रालयले उनको सन्दर्भमा चासो देखाएपछि नेप्से सञ्चालक समितिले फिर्ता बोलाउने निर्णय गरेको नेप्सेका एक अधिकारीले बताए ।