लेदोसहितको पहिरो खसेपछि नार्के क्षेत्रमा पर्ने वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२०८३ साउन २५ गते

लेदोसहितको पहिरो खसेपछि नार्के क्षेत्रमा पर्ने वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काभ्रे । लेदोसहितको पहिरो खसेपछि नार्के क्षेत्रमा पर्ने वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा हुनेबित्तिकै काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्के क्षेत्रमा पहिरो खस्ने र वीपी राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । सडक अवरुद्ध हुँदा पूर्वी नेपालका विभिन्न जिल्लाबाट काठमाडौं आउने तथा काठमाडौंसहितका क्षेत्रबाट पूर्वी नेपालतर्फ जाने हजारौँ यात्रु प्रभावित हुँदै आएका छन् । 

 

Advertisement:

Ad
Ad

सोमबार (साउन २५ गते) बिहान करिब ४ बजेतिर माथिबाट लेदोसहितको पहिरो खसेपछि पिन्थली, नार्के क्षेत्रमा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन ठप्प भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।