२०८३ वैशाख २९ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्प्णी गरेका छन् । मंगलबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल नभएको भन्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरुलाई सुखद नलागेको बताए ।
उनले भने,‘नसुनिने संवेदनशीलहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल देखिएन । सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको छैन । कांग्रेस ठूला गफ गर्ने तर कामले परिणाम दिन नसक्ने शैलीको पनि समर्थक होइन् । जनतासँग खुलस्त बहस गर्नु एउटा लोकतान्त्रिक सरकार र नेताको प्राथमिक कर्तव्य हो । लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो ।’
उनले सरकारले लोकप्रियतावादी घोषणापत्र मात्रै प्रस्तुत गरेको भन्दै सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर नभएको धारणा राखे ।
प्रतिक्रिया