बेहुली त बनिन् तर भित्रिन पाइनन् सुभद्राले, संसारबाटै अलप भइन्

२०८२ मंसिर २१ गते

बेहुली त बनिन् तर भित्रिन पाइनन् सुभद्राले, संसारबाटै अलप भइन्

काठमाडौँ । ललितपुरको महाङ्काल गाउँपालिका-४ कालेश्वर तिखेढुङ्गाकी सुभद्रा सापकोटाको बेहुली बनेर भित्रिने क्रममा निधन भएको छ । सुभद्राको विवाह यही मङ्सिर ६ गते सिन्धुपाल्चोक निवासी नेपाल थरको परिवारमा भएको थियो । माइतीबाट अन्मिएकी सुभद्राको विवाहकै दिन घर भित्र्याउने क्रममा एक्कासी बिरामी भएपछि अस्पताल पुर्याउँदा प्याङ्क्रियाजमा समस्या रहेको चिकित्सकहरुले बताएका थिए । 

 

Advertisement:

Ad
Ad

माइतीबाट अन्मिएकी सुभद्राको घर भित्रिन नपार्इ काठमाडौँको वीर अस्पताल ल्याई आइसियूमा उपचारर अवस्थामै मङ्सिर २० गते हिजो दुस्खद निधन भएपछि घर तथा माइतीपक्ष यतिखेर शोकमा रहेका छन् ।  सुभद्रा काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका(१२ रामपुरस्थित जय सरस्वती आधारभूत विद्यालयकी शिक्षिका हुन् ।