२०८२ पुस ०२ गते
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र युनियनले माग सुनुवाइ नभएको भन्दै पुस १ गतेदेखि आन्दोलन सुरु गरेका हुन्। हाल कर्मचारीहरूले दैनिक काम प्रभावित नहोस् भन्ने उद्देश्यले कालोपट्टी बाँधेर काम गरिरहेका छन्।
कर्मचारी पक्षले यसअघि पटक–पटक लिखित तथा मौखिक रूपमा माग राख्दा पनि बेवास्ता भएको गुनासो गरेको छ। चार दिनसम्म कालोपट्टीसहित काम गर्ने र माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।
सेवा सुविधा तथा नयाँ संगठन संरचना तत्काल लागू गर्नुपर्ने, पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने, कर्मचारी विनियमावली संशोधन, सरुवा तथा पदोन्नतिमा स्पष्ट व्यवस्था गर्नुपर्ने लगायतका माग कर्मचारीहरूको छन्। आन्दोलनका कारण प्राधिकरणको कामकाज प्रभावित हुने देखिएको छ।
प्रतिक्रिया