सरकारले गर्यो बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त

२०८२ भदौ ०३ गते

सरकारले गर्यो बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त

काठमाडौँ । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

 

Advertisement:

Ad
Ad

बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्रधिकरणमा अध्यक्ष बनेका ओझाले नियुक्ती लिन नक्कली कागजात बुझाएको भन्दै सरकारले उनलाई पदमुक्त गरेको हो ।ओझालाई गत फागुन १२ गते बसेको मन्त्रीपरिषद् बैठकलेनै अध्यक्षमा नियुक्त गरेको थियो ।

 

उनको योग्यताबारे प्रश्न उठेपछि त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। त्यस समितिले आइतबार प्रतिवेदनसमेत बुझाएको थियो।प्रतिवेदनकै आधारमा सरकारले ओझालाई पदमुक्त गरेको हो ।