२०८३ कात्तिक १८ गते
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ पछि अर्थमन्त्री डा.वाग्लेले विशेष निर्देशन दिंदै नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएको अर्थमन्त्रालयले जनाएका छन्।
बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त भएका थापा नेपाल राष्ट्र बैंकका १३ औं नम्वरका कार्यकारी निर्देशक हुन् । उनी माइक्रो फाइनान्स सुपरभिजन विभागमा कार्यरत थिए ।
प्रतिक्रिया