२०८२ भदौ २१ गते
काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा १४ जनाको आवेदन परेको छ ।प्राधिकरणले गत शनिबार निकालेको सूचना अनुसार आवेदन दिने आज अन्तिम दिन हो । आवेदन दिनेहरुमा प्राध्यापकदेखि राष्ट्र बैंकका पूर्व कर्मचारी संचालकसम्म रहेका छन् ।
यसरी आवेदन दिनेहरुमा प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपाने रहेका छन् ।
नक्कली कागजात बुझाएको भन्दै यस अघिका अध्यक्ष सरद ओझा बर्खास्त भएसँगे प्राधिकरणमा अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया