२०८३ वैशाख ३० गते
काठमाडौँ । नीति तथा कार्यक्रम उपर छलफल गर्न डाकिएको संसद बैठक लगातार विरोधका कारण स्थगित गरिएको छ । गत बुधबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम भएपनि एकाएक प्रधानमन्त्रीले अर्थमन्त्रीलाई जिम्मेवारी दिएर सदनमा उपस्थित नभएपछि विपक्षीहरुले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने अडान राख्दै बैठक अवरोध गरिरहे ।
सदन चल्न नदिएपछि सभामुख डीपीअर्यालले १५ मिनेट ब्रेक गर्दै दुई पटक सम्म सदन चलाउन खोजेपनि विपक्षी सांसदहरु उभिएर विरोध गरिरहेपछि अन्ततः डीपी अर्यालले भोलि पुनः बैठक बस्ने गरी आजका लागि संसद स्थगित गरेका छन् ।
प्रतिक्रिया