२०८२ साउन ०२ गते
काठमाडौँ । नेकपा एमालेभित्रको आन्तरिक संघर्ष चर्किंदै जाँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बामदेव गौतमबीचको एकता दृश्यले राजनीतिक तरंग ल्याएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच एकता घोषणा कार्यक्रममा गौतम नेपालको अंगालोमा बेरिन पुगे । गौतमलाई मञ्चमा स्वागत गर्दै माधव नेपालले अंगालो मारेपछि हलमा ताली बज्यो। गौतमले चार वर्षअघि नै एकता भएको भए समाजवादको अभियान अघि बढ्ने दाबी गरे।
यता एमालेभित्र नेतृत्व विवाद चर्किँदा यी दुई नेताको एकता राजनीतिक सन्देशपूर्ण भएको विश्लेषण गरिएको छ।
प्रतिक्रिया