संसदमा प्रधानमन्त्रीको राजीनामा माग,हलबाट निस्किए हर्क साम्पाङ

२०८३ वैशाख ३० गते

संसदमा प्रधानमन्त्रीको राजीनामा माग,हलबाट निस्किए हर्क साम्पाङ

काठमाडौं । प्रतिनिधीसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेका छन् ।विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका हुन् ।


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षीहरूले संसद्‍‍मा नाराबाजी गरेका हुन् ।आजदेखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले नाराबाजी गरेका हुन् ।

Advertisement:

Ad
Ad


विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि अहिले सभामुखले विपक्षी दलका सांसदहरूले आफ्नो धारणा राख्ने मौका दिएका छन् ।उनीहरूले संसद्‍मा अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् हलबाट बाहिरिएका छन् ।