२०८२ मंसिर १५ गते
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहका पिताको आज निधन भयो । बालेनका बुवा रामनारायण साहको निधन भएको भन्दै राष्ट्रियस्तरका अनलाइनहरुले उस्तै फोटो राख्दै समाचार सार्वजनिक गरे ।तर उक्त फोटो मेयर बालेन साहको पिताको नभई र्यापर तथा गायक यमबुद्धका पिताको भएको त्यतिबेला मिडियाहरुले थाहा पाए,जव राप्रपाकी नेतृ खुश्बु ओलीले रोष प्रकट गर्दै गलत फोटो नराख्न आग्रह गर्दै स्ट्याटस लेखिन् ।खासमा मिडियाहरुले कुनै समय बालेनले यमबुद्धका पिता तथा मातालाई भेटेर खिचेको फोटो प्रयोग गर्दै बालेनको पिता भनेर समाचार लेखेका थिए ।
खुश्बु ओलीले मिडियाहरुलाई मृत्युनै नभएका यमबुद्धका पिता तथा आफ्नो सानोबुवाको फोटो मृत्यु भएको भन्दै नराख्न आग्रहका साथ मिडियाहरुलाई सचेत गराएकी थिइन् । त्यसपछि धेरै मिडियाहरुले बालेनका बुवाको ास्तविक फोटो खोजेर प्रकाशित गरेका थिए ।
बालेन साहका पिता रामनारायण साहको आज उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
प्रतिक्रिया