मधेशी समुदायबाट नेपालको पहिलो प्रधानमन्त्री बने बालेन, राष्ट्रपतिबाट लिए सपथ

२०८२ चैत १३ गते

मधेशी समुदायबाट नेपालको पहिलो प्रधानमन्त्री बने बालेन, राष्ट्रपतिबाट लिए सपथ

काठमाडौँ । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह ९बालेन०ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

Advertisement:

Ad
Ad


यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

 

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।