एक्सनमा उत्रिए गृहमन्त्री गुरुङ,जेनजी आन्दोलन छानबीन आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रमुखहरुसँग जुटे छलफलमा

२०८२ चैत १३ गते

एक्सनमा उत्रिए गृहमन्त्री गुरुङ,जेनजी आन्दोलन छानबीन आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रमुखहरुसँग जुटे छलफलमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसँग झण्डै कार्यभार सम्हालेपछिको दुई घण्टा छलफलमा बसे ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट फर्किएपछि सुरु भएको उक्त बैठकमा जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे कुराकानी भएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरे पनि सुरक्षाकर्मीसम्बन्धी विषय तत्काल लागू नगरी अध्ययनका लागि समिति बनाउने निर्णय भएको छ। तर अन्य व्यक्तिहरू, विशेष गरी केही पूर्वपदाधिकारीहरूका हकमा भने तुरुन्त कार्यान्वयन गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ।

Advertisement:

Ad
Ad

गृहमन्त्री गुरुङले सरकार जेनजी आन्दोलनको जनादेशअनुसार अघि बढ्ने भन्दै प्रतिवेदन कार्यान्वयनमा कडाइ गर्ने र परिणाम देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।