२०८२ साउन १७ गते
काठमाडौँ । पूर्वराजपरिवारका एक जना सदस्यले कर्णालीको जुम्ला घुमेर बनाएका भिडिओ सामग्री, 'भ्लग' ले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ठूलो चर्चा र बहस निम्त्याइरहेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको भ्रमणबारेको उक्त भिडिओमा उनको प्रस्तुति ुसरल र विनम्रु देखिएको भन्दै कतिपयले प्रशंसा गरेका छन् भने कतिपयले उक्त भिडिओ ुराजनीतिक उद्देश्यु ले ल्याइएको हुनसक्ने आशङ्का पनि गरेका छन्।
यसअघि सार्वजनिक रूपमा विरलै देखिने गरेका अनि अमेरिकामा स्नातक अध्ययनरत हृदयेन्द्रको ुव्यक्तित्वु यो भिडिओमा पहिलो पटक सार्वजनिक रूपमा देखिएका कारण पनि यो चर्चाको विषय बनेको एक जना विश्लेषकले बताएका छन्।
गत चैतमा राजसंस्था पक्षधर शक्तिले गरेको प्रदर्शन र त्यसअघि प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दिएको सन्देशका कारण पछिल्लो समय पूर्व राजपरिवार नेपालमा राजनीतिक चासो र बहसको केन्द्रमा छ।राजसंस्था ब्यूँताउन माग गर्दै गरिएका प्रदर्शन सेलाउँदै गएको देखिएको समयमा राजसंस्थाको पैरवी गरिरहेका मध्ये केहीले ुभावी राजाु भनेर समेत चर्चा गर्ने गरेका हृदयेन्द्रको भ्लगबारे विभिन्न आशङ्का पनि सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन्।
राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका कैयौँ नेताहरूले हृदयेन्द्रको उक्त भ्लग सामाजिक सञ्जालमा शेअर गरेका छन्। जुम्लाको एउटा निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय चुनाव जितेको ठाउँ पनि हो।हृदयेन्द्रको जन्मदिन पारेर सार्वजनिक गरिएको भिडिओ गएको जेठमा खिचिएको थाहा भएको छ।
उनको नाममा खोलिएको एउटा फेसबुक पेज र साझा कथा नामको युट्युब च्यानलमा राखिएको भिडिओ १५ मिनेटको छ।आरम्भमा उनी तिला खोलामा एउटा ढुङ्गामाथि बसेर आफ्नो भ्रमणबारे बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गर्छन्। 'आज म कर्णालीको जुम्ला आएको छु। नेपालमा अन्वेषण गरिनुपर्ने धेरै ठाउँमध्ये यो पनि एक हो,' उनले भनेका छन्।भिडिओको अन्त्यतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक जना विद्यार्थीले हृदयेन्द्रलाई सोधेको प्रश्न र त्यसमा उनले दिएको जबाफबारे धेरैले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।
'हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला, भन्ने पञ्चकली बुढाको प्रश्नमा हृदयेन्द्र भन्छन्- मान्छेहरूले राम्रो काम गरे भने सबै कुरा राम्रोसँग चल्यो भने त हुन्छ होला। अलिकति हामी पनि लाग्नु पर्यो अलिकति आँट गर्नुपर्यो।'
आमा तथा पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको हिमानी ट्रस्टले जुम्लामा बनाउन लागेको सुत्केरी स्याहार केन्द्रको शिलान्यासका लागि पुगेका बेला हृदयेन्द्रको उक्त भिडिओ बनाइएको थियो ।
हृदयेन्द्रको भ्रमणबारे बनाइएको भ्लगको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी चलिरहँदा जुम्लाकै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनीता कठायतले उक्त भिडिओ केही राजनीतिक दलहरूका लागि चिन्ताको विषय हुनसक्ने टिप्पणी गरेकी छन्।
'नाति पुस्तासँग सदनमा डराएकाहरू जुम्लाको प्रवर्द्धनका लागि पनाति पुस्ताले बनाएको एउटा भ्लगसँग पक्कै डराउने छन्,' उनले एक्समा पोस्ट गरेकी छिन्।नेकपा माओवादी केन्द्रकी जुम्लाकी सांसद छिरिङ ल्हामु लामाले भने जुम्ला विकट हुनुमा राजतन्त्रको दोष रहेको भन्दै हृदयेन्द्रको भ्लगले भन्दा अन्य कन्टेन्ट बनाउनेहरूले उक्त क्षेत्रलाई धेरै चिनाएको टिप्पणी गरेकी छन्।'गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ,' उनले फेसबुकमा लेखेकी छन्।
बीबीसीबाट
प्रतिक्रिया