२०८२ असार २४ गते
काठमाडौं । रसुवामा बाढीले भन्सार जाँचपासका लागि राखेको ईभी गाडी बगाएको छ । मंगलबार बिहान आएको बाढीले भन्सारको यार्डमा जाँचपासका लागि राखेका धेरै इभी पनि बगाएको रसुवा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले वाणिज्यपोष्टलाई जानकारी दिएका छन् । बाढीले ८ देखि १० वटा ईभी बगाएको हुन सक्ने उनको भनाई छ । 'प्रारम्भिक अनुमान त्यस्तो आएको हो, यद्यपि हामीले थप पूर्ण जानकारी लिइसकेका छैनौँ, कतिपय सवारी चालक तथा सहचालक पनि बाढीमा फसेकि भन्ने छ , अनुसन्धान भइरहेको छ', उनले भने ।
चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । स्थानीय प्रशासनले भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान सतर्क गराएको छ ।
प्रतिक्रिया