नेप्सेको सकारात्मक यात्रा कायम, कारोबार ६ अर्ब ६७ करोड नाघ्यो

२०८३ साउन ०५ गते

नेप्सेको सकारात्मक यात्रा कायम, कारोबार ६ अर्ब ६७ करोड नाघ्यो

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको बजारले मंगलबार पनि सकारात्मक लय कायम राखेको हो। यस दिन नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको छ। 

 

Advertisement:

Ad
Ad

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ३४३ स्टकका ७५ हजार १० कारोबारमार्फत ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरका १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच भएका छन् ।

 

मंगलबार १३ उपसमूहमध्ये पाँच उपसमूह हरियालीमा रहे भने आठ उपसमूह ओरालो लागे। व्यापार उपसमूह सर्वाधिक २.८८ प्रतिशतले बढ्दा अन्य उपसमूह १ प्रतिशतभन्दा बढीले उकालो लाग्यो। बैंकिङ, लगानी तथा उत्पादन तथा प्रशोधन उपसमूहमा भने सामान्य वृद्धि देखिएको छ।

 

आज एभरेष्ट कलर लिमिटेडको शेयर लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयरमूल्य ५५ रुपैयाँ ८० पैसा बढेर ४२८ रुपैयाँ २० पैसामा पुगेको छ। कालंगा हाइड्रो र बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य पनि करिब साढे ७ प्रतिशतले बढेको छ। यता, ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य भने सर्वाधिक ७.४४ प्रतिशतले घटेको छ।

 

यस दिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको करिब ३१ करोड ५० लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।