२०८३ वैशाख २५ गते
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमार्फत राजदुतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रीपरिषद् बैठकले यस अघिको सरकारले गरेको राजनीतिक नियुक्ती अनुरुप नियुक्त गरेको राजदुतहरुलाई पदबाट मुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको हो ।
प्रतिक्रिया