नेपाल ग्रे–लिस्टमा पर्नु चुनौती भए पनि यसले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ :गभर्नर पौडेल

२०८२ माघ २९ गते

नेपाल ग्रे–लिस्टमा पर्नु चुनौती भए पनि यसले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ :गभर्नर पौडेल

काठमाडौं ।  सम्पत्ति शुद्धिकरण विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्र बैंक,सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाद्वारा उक्त सम्मेलन आयोजना गरिएको हो ।सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को‘ग्रे–लिस्ट’मा परेको अहिलेको समयमा सम्पत्ति शुद्धीकरण निवारणका आन्तरिक संयन्त्रलाई थप सुदृढ र सबलीकरण गर्नुपर्ने विचार व्यक्त गरे ।

 

Advertisement:

Ad
Ad

उनले भने, “ग्रे–लिस्टमा पर्नु चुनौती भए पनि आन्तरिक संयन्त्रलाई सुदृढ,पारदर्शी र विश्वव्यापी मापदण्डसँग एकाकार गर्नुपर्ने दिशामा यसले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ ।”

 

राज्यका जिम्मेवार निकायको साझा प्रतिबद्धता र सहकार्यबाट मात्रै सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अपराधको नियन्त्रणमा सहयोग पुग्ने धारणा गभर्नर पौडेलले राखे । “वित्तीय अपराधविरुद्धको लडाइँ कुनै एउटा निकाय वा शुद्धीकरण निवारणका आन्तरिक संयन्त्रलाई थप सुदृढ र सबलीकरण गर्नुपर्ने विचार व्यक्त गरे। उनले भने, “ग्रे–लिस्टमा पर्नु चुनौती भए पनि आन्तरिक संयन्त्रलाई सुदृढ,पारदर्शी र विश्वव्यापी मापदण्डसँग एकाकार गर्नुपर्ने दिशामा यसले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ ।”

राज्यका जिम्मेवार निकायको साझा प्रतिबद्धता र सहकार्यबाट मात्रै सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अपराधको नियन्त्रणमा सहयोग पुग्ने धारणा गभर्नर पौडेलले राखे ।