चिनी सख्खरमा घट्यो कर, चुरोट मदिरामा बढ्यो

२०८२ जेठ १६ गते

चिनी सख्खरमा घट्यो कर, चुरोट मदिरामा बढ्यो

काठमाडौँ । सरकारले चुरोट मदिराजन्य पदार्थ आयातमा कर वृद्धि गरेको छ भने चिनी सक्खर लगायतका बस्तु आयातमा लाग्ने कर घटाएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै गुड, भेली, खाँडसारी चिनी, उखुको अन्य चिनी र मिस्रीको भन्सार प्रतिकिलो ३० प्रतिशत लाग्ने गरेकामा त्यसलाई घटाएर १५ प्रतिशत बनाइएको बताएका छन् । ‘फ्रुटपल्स’ भन्सार बढाएर १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । सुप, ब्रोथ र त्यसका लागि चाहिने वस्तुको भन्सार महसुल २० प्रतिशत रहेकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ । 

त्यस्तै सरकारले मदिराजन्य र धुुमपान जन्य वस्तु आयातमा कर वृद्धि गरेको छ । सिँगार र चुरोटको प्रतिहजार खिल्लीको भन्सार नौ हजार रुपैयाँ रहेकामा बढाएर ११ हजार पुर्‍याइएको छ । तयारी बिँडी, फिल्टर भएको विभिन्न लम्बाइका चुरोट र सिँगारमा प्रतिहजार खिल्ली ४ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएकामा बढाएर प्रतिहजार खिल्ली ५ हजार ५ सय बनाइएको छ । चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको प्रतिकिलो ३० प्रतिशतबाट भन्सार बढाएर ६० प्रतिशत पुर्‍याइएको छ ।

Advertisement:

Ad
Ad