२०८२ जेठ १३ गते
काठमाडौं । सेयर बजार मंगलबार केही सम्हालिएको छ । सोमबार घटेको बजार मंगलबार भने ०।८५ विन्दुले बढेर २६७५।६२ अंकमा पुगेको छ । यद्यपि कारोवार रकम भने घटेको छ । मंगलबार ६ अर्ब ५२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
मंगलबार ३ सय १८ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र ङादी ग्रुप पावर परेका छन् ।
प्रतिक्रिया