काठमाडौँ । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५२ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य २ उपसमूहका परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.५० प्रतिशतले घटेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३०८ स्टकको ६१ हजार ४ सय २० पटकको कारोबारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ६३ वटा कम्पनी बढेका छन् भने १७६ वटा कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्ने कम्पनीमा माण्डु हाइड्रोपावर रह्यो जसको शेयर ९।६९ प्रतिशतले बढेको छ । सर्वाधिक घट्ने कम्पनीमा सिंगटी हाइड्रो इनर्जी रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा नगडी ग्रुप पावर लिमिटेड रह्यो जसको २ लाख ५६ हजार ७ सय ८ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !