दाङ । पश्चिम दाङमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी, जीप चालक बबई गाउँपालिका-१ का ४७ वर्षीय लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नम्बरको जिप भाङाबारी नजिकै उकालोमा चढ्न नसकेर पल्टिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बबई गाउँपालिका–१ का जोगबहादुर बुढा, १७ वर्षकी तारा सारु मगर, ३२ वर्षकी संगिता बुढा, ४० वर्षीया बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ की नन्दकली थापा छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !