काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सबै सञ्चालक र कर्मचारीलाई समितिसमक्ष उपस्थिति हुन सूचित गरेको छ ।
सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८०।११।२९ को निर्णयबाट सो संस्था समस्याग्रस्त घोषणा भएकोले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न अब समितिको भएकाले ऐनको दफा १११ को १ बमोजिम सो सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतस् निलम्बन भएको सूचनामा भनिएको छ ।
सरकारले सहकारी ऐन २०७४ बमोजिम समस्याग्रस्त घोषणा गरेको उक्त संस्थाका बचतकर्ता, ऋणी, सञ्चालक तथा सरोकारवालाहरुलाई आज एक जरुरी सूचना जारी गर्दै समितिले सो कुरा जनाएको हो ।
संस्थाका सञ्चालक तथा कर्मचारीले सो सहकारीसंग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु यस समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोबार नगर्न र नगराउन सूचनामा भनिएको छ ।
ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्नु हुन साथै साविक सञ्चालक कर्मचारीसँग भुक्तानी सम्बन्धी कारोवार नगर्न सूचित गरिएको छ ।
बचतसंग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी यस समिति समक्ष निवेदन पेश र्गन बचतकर्ताहरुलाई समितिले भनेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !