काठमाडौं । सुनको अवैध पैठारी (तस्करी)नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । ६० किलो सुन हङकङबाट र दुबईबाट भेपमा लुकाएर ल्याएको प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको हो ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । स्रोतका अनुसार महरालाई थप अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । महरालाई आयोगले बयान समेत लिएको छ ।महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन आज बिहान मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी)नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !