काठमाडौँ । गत पुस ११ गतेदेखि रिक्त रहेको नेपाल पुनर्बीमा कम्पनीको सीईओमा ७ जनाले आवेदन दिएका छन् । आइतबार कार्यालय समयमा ७ जनाले सीईओको लागी आवेदन दिएका हुन ।
नयाँ गठबन्धनको सरकार बनेसँगै माओवादी कोटामा अर्थ मन्त्रालय परेपछि माओवादी निकटहरुसमेतले सिईओ बन्न आवेदन दिएका छन् । अहिले अर्थमन्त्री माओवादी नेता वर्षमान पुन रहेका छन् । यसअघि एमाले निकट रहेका शङ्कर रायमाझीको सिईओका कार्यकाल गत पुस ११ गते नै सकिएको थियो । कम्पनीले सिईओको लागी यही फागुन ७ गते २१ दिनको म्याद राखेर विज्ञापन खोलिएको थियो । सो को म्याद हिजो आइतबार सकिएको हो ।
नेपाल पुनर्बीमा कम्पनीको सीईओ बन्न राष्ट्रिय बीमा संस्थानको सह प्रशासक हुँदै युनाइटेड इन्स्योरेन्सको डिसिईओ रहेका सुरेन्द्र थापाले आवेदन दिएका छन् । उनी माओवादी निकट हुन् । त्यस्तै तत्कालीन बीमा समितिको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त श्रीमान् कार्कीले पनि आवेदन दिएका छन् ।
त्यस्तै सिईओको लागी तत्कालीन गुराँस लाइफ इन्स्योरेन्सको सिईओ रहेर कम्पनी डुबाएका नारायणप्रसाद भट्टराईले पनि आवेदन दिएका छन् । उता लुम्बिनी, युनाइटेड इन्स्योरेन्सको सिईओ भैसकेका शेखर बरालले पनि आवेदन दिएका छन् । बराल २ वर्ष अघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला राष्ट्रिय बीमा कम्पनीको सिईओ भएका थिए । माओवादी नेतालाई मिलाउन खप्पिस बराल ३ महिना अघि मात्र राष्ट्रिय बीमा कम्पनीको सिईओबाट राजीनामा दिएका हुन् । काम गर्ने वातावरण नभएको भन्दै बरालले १४ महिनामै बीमा कम्पनीबाट राजीनामा दिएका हुन् ।
त्यस्तै युनाइटेड इन्स्योरेन्सको बोर्ड सदस्य रहेका बुद्धकाजी९विके० श्रेष्ठ र नेपाल रिको ८ औँ तहबाट अवकाश प्राप्त उज्ज्वलराज अर्यालले पनि सीईओको लागी आवेदन दिएका छन् ।
नेपाल रि को निमित्त सिईओ रहेका दामोदर भण्डारीले पनि सिईओको लागी आवेदन दिएका छन् । भण्डारी सो कम्पनीको समस्यालाई बुझ्ने व्यक्ति हुन् । यसअघिको सीईओको प्रतिस्प्रर्धामा बेला नभएको भन्दै आवेदन नै नहालेका भण्डारी अहिले भने आवेदन दिएका हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !