काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७४ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १ उपसमूहको परिसूचक मात्र बढेको छ भने अरु १२ उपसमूह घटेका छन् । यस दिन बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.६५ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने उपसमुहमा लघुवित्त रह्यो जसको परिसूचक १.३२ प्रतिशतले घटेको छ ।
बजारमा आज कारोबार रकम भने बढेर ३.३१ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ४८ वटा कम्पनी बढेका छन् भने १८८ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा धौलागिरी लघुवित्त रह्यो जसको शेयरमा दश प्रतिशतको उछाल आएको छ । त्यसका साथै आज पनि सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनी दुई दिन अघि मात्रै दोस्रो बजारमा कारोबार सुरु गरेको हो । बिहिबर सर्वाधिक घट्ने कम्पनीमा बुद्ध भुमि हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा माछापुछ्रे बैंकको प्रमोटर शेयर रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा पनि माछापुछ्रे बैंककै प्रमोटर शेयर रह्यो । यस दिन माछापुछ्रे बैंकको प्रमोटर शेयरको मात्रै झन्डै सभा एक अर्ब बराबरको एक करोड ७ लाखबढी शेयर किन बेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !