काठमाडौं । आज पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिएजत्ति शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता शेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको छ। जस अनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता शेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !