काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीले बार्षिक साधारण सभाको लागि मिति २०८०/०९/२९ गते को दिन तोकेको छ । साधारण सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ । यसका साथै कम्पनीले पौष १८ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !