काठमाडौँ । आज फाल्गुन १३ गतेबाट सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो ।
कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको कारण शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । सर्वसाधारणले शेयरको लागि आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म भर्न पाउनेछन् । कम्पनीको न्युनतम शेयर ५० कित्ता भर्नको निम्ति रु. अठार हजार ४५ पर्नेछ ।
छिटोमा फागुन १६ गतेसम्म आवेदन दिनु पर्ने छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !