काठमाडौँ । बुधबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२३ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज कारोबर रकम घटेर २.५८४ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १६८ कम्पनी बढेका छन् भने ६८ कम्पनी घटेका छन् । यसैगरी १८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार बढेसँगै समाज लघुवित्त, गुराँस लघुवित्त, बुद्ध भुमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा एनसीसी दीबेनचर रह्यो जसको शेयर ५.२५ प्रतिशतले घट्न पुगेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !