काठमाडौँ । ललितपुरमा एक जर्मन महिला मृत अवस्थामा फेला परेकी छन्। उनी ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार उक्त महिला अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जानकारी दिए ।
मृत महिलाको टाउकोबाट रगत बगेको देखिएको एसपी कार्कीले बताए । अहिले घटनास्थलमा फरेन्सिक टोली र तालिम प्राप्त कुकुरलाई ल्याइंदैछ । महिला दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी छन्। उनले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएकी थिइन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !