काठमाडौँ । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।
कम्पनीले आइपीओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञचालनमा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !