काठमाडौँ । लगातार केहि दिनदेखि बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५५ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज ९.७६ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ६३ कम्पनी बढेका छन् भने १८० कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि ग्लोबल आइएमइ लघुवित्त र नेपाल वेरहाउजिङ्ग कम्पनीको शेयरमा दश प्रतिसतको उछाल आएको छ । त्यस्तै आज पनि हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा एनआइबिएल ग्रोथ फण्ड रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !