डडेलधुरा । परराष्ट्रमन्त्री एनपी साउँदले पञ्चेश्वर परियोजना एक महिना भित्र अघि बढ्ने गरी काम भइरहेको बताएका छन् । शुक्रवार प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा मन्त्री साउँदले यस्तो बताएका हुन् ।
करिब ३० वर्ष देखि कछुवा गतिमा हिँडेको र दगुर्न नसकेको पञ्चेश्वर परियोजना नेपाल र भारतका प्रधानमन्त्रीको तीन महिना भित्र डिपिआर टुगयाउँने छलफल भए बमोजिम एक महिना भित्र प्राविधिक टिमलाई उक्त काम सम्पन्न गरी प्रक्रिया अगाडी बढाउने काममा सरकार लागेको मन्त्री साउँदले बताए ।
सुदूरपश्चिमको बैतडी र भारतको सीमा भएर बहने महाकाली नदीमा परियोजना निमार्ण गर्ने पटक–पटक सहमति हुँदै आएपनि दुई देश विचको सहमति हुन नसक्दा परियोजना लागु हुन सकेको थिएन ।
पञ्चेश्वर परियोजना निमार्ण हुन सके यसको फाइदा समग्र सुदूरपश्चिम मात्र नभई देशले नै लिने भएकाले यस बाहेक पश्चिम सेती, अपर कर्णाली र अरुण थर्ड जस्ता देशका अन्य क्षेत्रमा पनि बिद्युत् उत्पादनको काम अघि बढ्ने भएकाले एकातिर अर्थतन्त्रमा सुधार र अर्को तर्फ देश छोडेर विदेश जानेहरूको चाप घट्ने उनले बताए ।
साथै उनले नेपाल र भारतका प्रधानमन्त्री विच १० वर्षमा १० हजार मेगावाट बिद्युत् उत्पादन गरी भारतलाई उपलब्ध गर्ने सहमति भएकोले नेपालको ईतिहाँसमा सय वर्षमा २८ सय मेगावाट उत्पादन भएको बिद्युत् अबको १० वर्षमा १० हजार मेगावाट उत्पादन हुनुले देशको अर्थतन्त्रमा निकै सुधार हुने बताए । नेपालको जनसङ्ख्यामा अधिकतम युवा सङ्ख्या यो समयमा भएकाले राज्यले युवाको सही रूपमा सदुपयोग गर्न विभिन्न काम गरिरहेको उनको भनाई छ ।
मन्त्री साउँदले प्रधानमन्त्री ज्युको कार्यकालको एक वर्ष पुरा भए पनि गठबन्धनको एक वर्ष पुरा हुन अझै समय बाँकी रहेकाले यस बिचमा महत्त्वपूर्ण काम हरू भएको स्मरण गराए । थुप्रै पटक प्रधानमन्त्री ज्युको विदेश भ्रमण र थुप्रै विदेशी राष्ट्र प्रमुख लगायत राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण महत्त्वपूर्ण रहेको बताउँदै हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था र रिहाइबारे कूटनीतिक पहल गरिरहेकोले जोशीको रिहाइ हुनेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !