काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
पुस १२ गते बसेको सार्वजनिक लेखा समितिको बैठकले हमालले नियामक निकायमा बसेर अख्तियारको दुरुपयोग गरेको भन्दै ३० दिनभित्र अनुसन्धान गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु गरिएको हो।अख्तियारले लेखा समितिबाट आएको निर्देशन बमोजिम छानविन थालेको जनाएको छ । सार्वजनिक लेखा समितिको बैठकले प्रिमियममा सेयर निष्कासन भएका सबै कम्पनीको औचित्य र मूल्यांकन पुष्टि गर्न छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।
अख्तियार स्रोतका अनुसार सबै उजुरीहरुलाई एककृत गरेर अनुसन्धान अघि बढाउन अनुसन्धान अधिकृत नै तोकिइ सकिएको छ ।टाट उल्टिन लागेका कम्पनीलाई पनि प्रिमियममा सेयर निष्काशन गर्न दिएर धितोपत्र बोर्डले नीतिगत भ्रष्टाचार गरेको भन्दै प्रिमियममा सेयर निष्कासन भएका सबै कम्पनीको औचित्य र मूल्यांकन पुष्टि गर्न छानविनका लागि अख्तियारलाई निर्देशन दिएको थियोे ।
समितिको बैठकमा सांसदहरुले तीन वर्ष नाफामा गएको कम्पनीले मात्र प्रिमियममा सेयर जारी गर्न पाउने कम्पनी ऐनमा उल्लेख भए पनि धितोपत्र बार्डका अध्यक्ष रमेश हमालले धितोपत्र निष्काशन नियमावली संशोधन गरेर दुई वर्षमा झार्नु नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !